निर्मला हत्याको अनुसन्धानमा डीआईजी बस्नेतले गरे आक्रामक सरुवात यसरी पत्ता लाग्दैछ अपराधी

कञ्चनपुरकी १३ किशोरी निर्मला पन्त बलात्कारपछि हत्या घटनामा छानबिन गर्न बनेको डीआईजी धिरु बस्नेत नेतृत्वको शक्तिशाली टोलीले एसपी विष्टसहित १९ जनाको मोबाइल जफत गरि अनुसन्धान सुरु गरेको छ । निलम्बनमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित १९ जनाको सीम कार्ड जफत गरिएको हो ।

बस्नेतको टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो ।

कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौं झिकाइएको छ । त्यस्तै उच्चस्तरीय छानबिन समितिले आफ्नो अनुसन्धान नेपाली सेनातिर पनि तेस्र्याएको छ ।

निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेकाले केही सूचना सेनाबाटै भएको हुनसक्ने भन्ने आएकाले त्यसतर्फ पनि अनुसन्धान सुरु गरिएको समितिले जनाएको छ ।

तत्कालीन एसपी विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार