वृद्धभत्ता पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

हेटौँडा – नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए ।

बुधबार नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले उक्त धारणा राखेका हुन् । उनले कानूनी तथा संरचनागतरुपमा सरकार अप्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको बताउँदै कानून अभावमा कर सङ्कलन लगायत थुप्रै गाँठा फुकाउन समस्या परेको प्रसंग समेत उल्लेख गरे ।

नेता पोखरेलले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्र अनुसार नै अघि बढ्ने धारणा राखे । “वृद्धभत्ता पाँच हजार पुग्छ”, उनले भने ।
नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार