मेलम्ची ठेकेदार प्रकरण : ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन् ।

संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो ।

बैठकमा ठेकेदार भाग्नुको कारण ६० दिनभित्र पानी आउने सचिवले बोलेको भनाइ आधारदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

सांसद गणेश पहाडीले ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइएको हो भन्दै प्रश्न गर्नुभयो । ‘ठेकेदार भाग्नुपर्ने परिस्थिति कसरी आयो ? यसको स्पष्ट कारण अझै आएको छैन ’ – उहाँले भन्नुभयो ।

त्यस्तै यसअघिको बैठकमा ६० दिनमा पानी ल्याउने भन्ने के आधारमा बोल्नुभएको हो ? हचुवाको भरमा नबोल्न खानेपानी सचिवलाई आग्रह गर्नुभयो । उहाँले आयोजना सञ्चालन गर्नुअघि पूर्वतयारी गर्ने प्रचलन नभएकै कारण मेलम्चीको यस्तो हविगत भएको जिकिर गर्नुभयो । अबको काम लागत नबढ्ने गरी समयमै काम सम्पन्न गर्न तत्काल काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित समाचार