राणा र डा लोहनीलाई कार्वाही गर्ने चेतावनी

काठमाडौं । अघिल्लो हप्तामात्र एकिकृत भएका राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) का नेताहरुले आफूहरु एकता प्रक्रियामा संलग्न नभएको जनाउ दिएका छन्।

पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्र) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा ९रा० बीच १८ माघमा एकता भई राप्रपा (संयुक्त) को घोषणा गरिएको थियो।

तर, राप्रपा (प्र)का बरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर बिष्टले मंगलबार छुट्टै भेला गरी राणा र डा लोहनीबीचको एकतालाई चुनौति दिएका छन्।

उनीहरुले राप्रपा (प्र) र एराप्रपा (रा) बीच एकता नभई राप्रपा (संयुक्त) नामको नयाँ दल मात्र गठन गरेको दावी गरेका छन्।

सो भेलामा डा लोहनी नेतृत्वको पूर्व पार्टी एराप्रपा (रा) का पार्टीका बरिष्ठ उपाध्यक्ष डा सुस्मा आचार्य ,महामन्त्रीद्वय केशब श्रेष्ठ र तीर्थलाल श्रेष्ठ पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार