२ करोड ७६ लाख ठगी गरेको आरोपमा सहप्राध्यापक गोपाल सिवाकोटी पक्राउ

 

फागुन २, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण क्याम्पस पोखराका सहप्रध्यापक डा. गोपाल सिवाकोटीलाई पक्राउ गरेको छ। २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहप्राध्यापक शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको थिए। उनलाई प्रहरीले मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो।

उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार