प्रधानमन्त्रीले आज ४ बजे देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दैछन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारी अनुसार दिउँसो ४ बजे सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण, संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको सूचीको फेहरिस्तसमेत सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सरकारले पहिलो बर्षमा सम्बृद्धिका लागि आधार तयार गरेकाले पहिलो बर्षलाई आधार वर्षका रुपमा लिँदै दोस्रो वर्षलाई कामको ‘गियर चेन्ज’का रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार