देशभरको मौसममा एक्कासी बदली

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए। उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ। अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो।

उक्त प्रणाली कमजोर भएको चार दिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै देशका अधिकांश भेगमा बादल लागिरहने र सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थान, मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औंल्याएको छ। उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार