दुर्घटनाको कारण मौसम मात्रै थियो कि अरु केहि ? प्रश्न उठ्यो

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनमा परि बहालवाला पर्यटजन मन्त्री रविन्द्र अधिकारी सहित ७ जना महत्वपुर्ण व्यक्तिहरुको निधन भएको छ । मौसमको खराबिका कारण दुर्घना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घनटा लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले घटनको अनुशन्धान गर्न समिती समेत बनाएको छ ।तर यस सँगै दुर्घटनालाई लिएर विभिन्न कोण बाट प्रश्न उठेको छ । नेकपाका प्रभावशाली नेता एवं दुुर्घटना भएको ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका हुन् ।

उनले समयले यो प्रश्नको उत्तर माग्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार