मैले अध्यक्ष बन्न नहुने एउटा मात्र कारण देखाइदिनुस् : ढुङ्गाना (भिडियो सहित)

निजी विधालयहरुको सबैभन्दा ठुलो संगठन प्याब्सनको १४औँ महाधिवेशनको संघारमा छ । प्याब्सनको आगामी निती र नेतृत्व कस्तो र कस्को रहने भन्ने विषयले यतिखेर प्याब्सन बृत तातिरहेको छ । प्याब्सनका बर्तमान बरिष्ठ उपाध्यक्ष डी के ढुङ्गाना र केन्द्रिय सल्लाहकार टिकारामा पुरी नेतृत्वको दावी सहित अध्यक्षको प्रत्यासीको रुपमा मैदानमा छन् ।चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा यतिखेर दुवै खेमा लागिरहेको छ ।

अध्यक्षको दौडमा रहेका बर्तमान बरिष्ठ उपाध्यक्ष डी के ढुङ्गानाले ओटिभी नेपाल सँग विशेष कुराकानी गर्दै तर्क ,तथ्य र प्याब्सनको आवश्यकता सबै हिसावले नेतृत्वका लागी आफुनै निर्विकल्प उमेदवार रहेको दावी गरेका छन् । प्याब्सनमा संलग्नता ,योगदान र भुमिकाका आधारमा प्रतिष्पर्धीसँग आफ्नो तुलनानै हुन नसक्ने भन्दै उनले आफु प्याब्सनको नियमित प्रक्रृयाबाट नेतृत्वमा माथी उठेको मान्छे हुँ भन्दै उनले अब आफुले अध्यक्षमा नजाने हो भने कहाँ जाने हो देखाइदिन पनि चुनौती दिएका छन् । उनले भने -‘म २८ बर्ष देखि निजी विधालयमा छु ,२० वर्ष देखि प्याब्सनमा छु विभिन्न केन्द्रिय जिम्मेवारी सहित प्याब्सनको संगठन सचिव , दुई कार्यकाल महासचिव र बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षका लागि अगाडी बढको छु अब म अध्यक्ष हुन नहुने भए के हुनु पर्छ देखाइदिनु पर्यो’ ।

कुराकानीकै क्रममा ढुङ्गानाले प्याब्सनमा राजनिती घुसाउन खोजीएको तर्क गर्दै स्वतन्त्र ब्यबसायिक संगठनमा राजनिती घुसाउन खोजे ढिलो छिटो निजी शिक्षा समाप्त हुने जिकिर गरे । राजनितीक पहुँचका आधारमा नेतृत्व दावी गरिनु हास्यास्पद कुरा भएको भन्दै आफ्ना प्रतिष्पर्धीलाई राजनितीक पार्टीको झोला बाहिरै फुकालेर ब्यबसायीक एजेण्डा बोकेर आफुसँग प्रतिष्पर्धा गर्न चुनौती दिएका छन् ।
हेर्नुहोस् ओटीभी नेपालका लागी अध्यक्षका प्रत्यासी ढुङ्गानासँग शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार