निजी शिक्षाको क्षेत्रमा मेरो कार्यकाल स्वर्णीम कार्यकाल हुनेछ: नवनिर्वाचित अध्यक्ष पुरी (भिडियो)

निजी तथा आवसीय विधालय अर्जनाइजेशन नेपाल प्याब्सनका नवनिर्वाचित अध्यक्ष टिकाराम पुरीले प्याब्सनमा आफ्नो कार्यकाल स्वर्णिम कार्यकाल बनाउने बताएका छन्। प्याब्सनको १४औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचत भएपछि ओटीभी नेपाल सँग पहिलो अन्तर्वाता दिँदै नवनिर्वाचित अध्यक्ष पुरीले अहिलेको विषम परिस्थितीमा प्याब्सनले सर्वसम्मत नेतृत्व चयन गरेर एकता संदेश दिएको बताए ।

अब आफ्नो सम्पुर्ण ध्यान निजी शिक्षाको क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रित हुने भन्दै उनले आफ्नो कार्यकाल सबैले गर्व गर्न लाएक कार्यकाल बनाउने दावी गरे । उनले भने -‘महाधिवेशनको दौरानमा कसैको मन फाटेको हुन सक्छ अव हामी त्यस्ता कुराहरुलाई बिर्सीएर  निजी शिक्षाको हक हितका लागि एकताबद्ध भएर अगाडी बढ्छौ’ ।

अध्यक्ष पुरीले अहिले भएको सहमती बमोजिम २ बर्ष पछि आफुले अहिलेका सहअध्यक्ष डिके ढुगांनालाई कुर्सी हस्तान्तरण गर्ने घोषणा समेत गरे ।उनले भने- ‘अर्को महाधिवेशनमा पनि टिका पुरीनै अध्यक्ष हुनुपर्छ भनेर सबैले भने पनि म त्यसो गर्दिन अहिलेका सह अध्यक्ष ज्यूलाई कर्सी हस्तान्तरण गरेर बिदा हुन्छु ।’
प्रस्तुत छ नवनिर्वाचित अध्यक्ष पुरी सँग ओटिभी नेपालका लागी शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार