मन्त्री गोकर्ण बिष्टले दिए अर्को खुसिको खबर जापानले नेपाली कामदार लाने पक्का

अन्तत नेपाल र जापान सरकार विच सरकारी संयन्त्रमार्फत् नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता हुने भएको छ । सो विषयमा नेपाल र जापान सरकारका प्रतिनिधि विच आजै सम्झौता हुने भएको छ ।
श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार सम्झौता भएपछि आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको बताइन्छ।

त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार आदि देशहरूसँग कुराकानी गरेको विवरण जापानी सञ्चारमाध्यममा प्रकाशित भएको छ।

कस्ता कामदार जान पाउँछन् ?

जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजाने बताइएको छ।

तर सम्झौतामा के छ भनेर श्रम मन्त्रालयले खुलाउन चाहेको छैन।

जापान जाने नेपाली कामदार नठगिने उपायुको खोजी
जापानमा रोजगारीको लागि जान चाहनेले बिचौलियासँगु जोगिन सक्लान्
श्रम मन्त्रालयका एक अधिकारी भन्छन्, जापानमा रोजगार पठाउनका लागि मन्त्रालयभित्र एउटा छुट्टै संयन्त्र बनाइनेछ।

उनका अनुसार नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न श्रमिक आपूर्ति प्रक्रियामा तेस्रो पक्षलाई संलग्न नगराइने सहमति जापानी पक्ष भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार