एडीबी भन्छः व्यापार युद्ध, ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त

मनिला । एसियाली विकास बैंक ‘एडीबी’ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ । चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध र अस्तव्यस्त ब्रेक्जीटका कारण आर्थिक जोखिम बढेको बैंकको निष्कर्ष छ ।

एसिया–प्रसान्त क्षेत्रका ४५ मुलुकहरु विकासशील एसियाली समूहमा रहेका छन् । एसियाली विकास बैंकको आर्थिक परिदृश्य प्रतिवेदनमा यस वर्ष यी मुलुकहरुको आर्थिक वृद्धि ५र७ प्रतिशतको हाराहारीमा रहने उल्लेख छ । यस क्षेत्रमा सन् २०१८ मा ५र९ र सन् २०१७ मा ६र२ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरिएको थियो ।

सन् २०१९ को प्रक्षेपण गर्दा वर्षको अन्तिम महिना डिसेम्बरको प्रक्षेपण ५र८ प्रतिशतलाई आधार लिइएको बैंकले जनाएको छ । सन् २०२० मा आर्थिक वृद्धि ५र६ प्रतिशत मात्र हुनेछ, र यो सन् २००१ यताकै सबैभन्दा न्यून हो । “चीन र अमेरिकाबीचको बढ्दो तनाबले विकासशील एसियामा लगानी र वृद्धि दुबैमा ठूलो प्रभाव पारेको छ, र जोखिम अझ बढाएको छ,” एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावादाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ऋण लगानीकर्ताहरु पनि अमेरिकी वित्तीय नीतिहरुबाट प्रभावित देखिएका छन् । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन ९ब्रेक्जीट०मा भइरहेको अलमलले पनि लगानीमा असर परेको छ । यी दुबै परिस्थितिले विश्वका उन्नत अर्थव्यवस्था भएका मुलुकहरु र विकासशील दुबै किसिमका मुलुकहरुमा चुनौती थपिएका छन् । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सन् २०१९ को आर्थिक वृद्धिको लक्ष्यलाई समायोजन गरी ६र५ प्रतिशतबाट ६ प्रतिशत बनाएको छ ।

बैंकका अनुसार एसिया प्रशान्त क्षेत्रमा दक्षिण एसियाको आर्थिक वृद्धि सबैभन्दा तीव्र गतिमा हुनेछ । यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ६।८ प्रतिशत हुनेछ, तर यो गत वर्षको ७र१ प्रतिशतभन्दा कम हो । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धि ६र९ प्रतिशत थियो । सन् २०१८ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो भने सन् २०१९ मा यो वृद्धि ७र२ प्रतिशत हुनेछ भने २०२० मा ७र३ प्रतिशत हुने अनुमान गरिएको छ ।

दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धिदर भने अघिल्लो वर्षको ५र१ को तुलनामा यस वर्ष ४र९ प्रतिशत मात्र रहनेछ । मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्यान्डको आर्थिक वृद्धि सोचेभन्दा कम हुने बैंकले जनाएको छ । अर्को वर्ष दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धि ५ प्रतिशतको हाराहारीमा रहने छ ।

बैंकले विकासशील एसियाली मुलुकहरुको औसत मुद्रास्फिती २र५ प्रतिशत रहने अनुमान गरेको छ । यसअघि बैंकले मुद्रास्फिती २र७ प्रतिशत रहने अनुमान गरिएको थियो । सन् २०२० मा मुद्रास्फिती दरमा अझ कमी आई २र५ प्रतिशत हुने अनुमान बैंकले गरेको छ । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार