शेयर किन्दै हुनुहुन्छ ? धितोपत्र बोर्डबाट आयो यस्तो खबर

काठमाण्डौ । सेकेण्डरी मार्केटमा शेयर किन्नेलाई सोमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ । ५ लाख रुपैयाभन्दा धेरैको सेयर किन्नेलाई उक्त नियम लागू गरिएको हो । एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

पाँच लाख भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ । साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार