मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सहयोग प्रदान गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको बृतलाई बैंकले सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो ।

उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टासिने मुक्तिनाथ बैंकले बताएको छ । उक्त स्टीकर बैंकका मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार