अस्थायी शिक्षकको समस्या छिट्टै समाधान हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन्।

मन्त्री पोखरेलले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकको माग पनि सम्बोधन गर्ने घोषणा गरेका छन्। २५ औँ विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अस्थायी शिक्षकको समस्या समाधानका लागि सरकारले शिक्षक सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको जानकारी दिए।

अस्थायी शिक्षकको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलको भनाई थियो। मन्त्री पोखरेलले २ सय ५३ वटा सामूदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालनका लागि अनुमति दिइएको पनि जानकारी दिएका थिए।

प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गर्नु भएको थियो। सोही घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको पनि मन्त्री पोखरेलले स्पष्ट पारेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार