कला संस्कृती आदानप्रदानका लागी भ्याली पब्लिक र त्रिशहिद का विधार्थी बेलायत प्रस्थान

काठमाडौको भ्याली पब्लिक स्कुल र स्याको त्रिशहिद मावी का २० २० जना विधार्थी सहित ५३ जनाको टोली संस्कृती आदान प्रदान र अवलोका लागी बेलायत प्रस्थान गरेको छ ।२१ दिन लामो भ्रमणमा निस्किएको टोलीलाई शुक्रबार एक विशेष कार्यक्रमका विच भ्याली पब्लिक स्कुल त्रिसहिद तथा रोटरी क्लव अफ हिमालयन गोर्खाका पदाधिकारी तथा सदस्यले बिदाइ गरेका थिए ।

जम्मा २१ दिन बेलायतमा रहने उनीहले त्यहाँका विभिन्न १४ स्कुलमा जाने कार्यक्रम तय भएको छ। त्यहाँ नेपाली विद्यार्थी र बेलायती विद्यार्थीहरूले आ आफ्नो कला र संस्कृतिलाई गीत नृत्यमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बेलायतको लन्डनबाट लगभग ३०० किलोमिटरको दुरीमा रहेको योर्कशायर सहरमा यो कार्यक्रम हुन लागेको हो । नेपालजस्तो कम विकसित मुलुकका विद्यार्थीहरू बेलायतजस्तो आधुनिक र विकसित देशमा गएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार