सलमान खानको हुँकारः मेरा फ्लप फिल्म नै मेरो सफलता हो

काठमाडौँ । भारतीय चलचचित्रका चर्चित अभिनेता सलमान खानले एक टेलिभिजन अन्तरवार्तामा कडा जवाफ दिएका छन् । अभिनेता खानले आफ्ना फ्लप चलचित्र नै सफलता भएको भनी प्रश्नकर्तालाई कडा जवाफ दिएका छन् । हालै एक मिडियामा दिएको अन्तर्वातामा उनको फ्लप चलचित्र र बक्स अफिस कमाईको विषयमा बहश चलाइएको थियो । त्यहाँ उनको असफल भएका चलचित्रहरुको विषयमा कुरा गरियो ।

उनी अभिनित ‘ट्युबलाइट’लाई असफल चलचित्र भनियो । सलमानले ‘ट्युबलाइट’को कुरालाई लिएर भने–‘मेरो यो चलचित्रले घरेलु बजारमा नै ११० करोड कमाएको थियो । तर, यो चलचित्र असफल भनियो । धेरैको चलचित्रले १०० करोडको व्यापार गर्न सक्दैनन् । सलमान आफ्नो चलचित्रले यति धेरै कमाउँदा पनि असफल भनिनु आफ्नो सफलता भएको बताएका छन् । उनले भने, ‘यो पनि मेरो सफलता हो । मलाई माया गर्ने सबैलाई धन्यवाद ।’

सलमान अभिनित ‘जय हो र रेश ३’लाई पनि असफल भनिएको छ । तर, यी दुबै चलचित्रले घरेल बक्स अफिसमा सय करोड बढी कमाएका छन् । सलमान खान अभिनित ३ चलचित्रले ३ सय करोड बढीको व्यापार गरेका छन् । उनको १४ बढी चलचित्रले सय करोड माथिको व्यापार गरेको छ । सलमान भन्छन्–‘ मेरो असफल भएका चलचित्रले पनि सय करोड कमाएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार