प्रोटोकल मिचेर विधासुन्दरलाई प्रमुख अतिथि

काठमाडौमा आयोजीत एक कार्यक्रममा प्रोटोकल मिचेर काडमाडौ महानगरपालिकाका मेयर विधासुन्दर शाक्यलाई प्रमुख अतिथि बनाइएको छ । बालाजु बाइस धारा ल्हुती पुन्ही मेला मुल आयोजक समितीले आज बिहान बासइसधारा बालाजुमा आयोजना गरेको २०७६ सालको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रतिनिधी सभा सदस्य र प्रदेस सभाका सदस्य उपस्थित कार्यक्रममा उनिहरु भन्दा माथी राखेर शाक्यलाई प्रमुख अतिथी बनाइएको छ । कार्यक्रममा उक्त क्षेत्रका प्रनिनिधी सभाका सदस्य रामविर मानन्धर र प्रदेश सभाका सदस्य बसन्त मानन्धर पनि अतिथिका रुपमा उपस्थित थिए । गृह मन्त्रालयले तोकेको बरियताक्रम अुनुुसार १२ औ नम्वरको बरियतामा प्रतिनिधी सभाका सदस्य र १३ औ नम्बरमा प्रदेश सभाका सदस्य रहेका छन् । महानगरपालिकाका मेयरको बरियता भने १८ औ नम्बरमा मात्र छ ।

आयोजकले १८ औ नम्बर बरियताका मेयरलाई प्रमुख अतिथि बनाएर उनी भन्दा बरियतामा धेरै माथी रहेका प्रतिनिधि सभाका सदस्यलाई अतिथि बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार