खुशिको खबर ,बालाजु पार्कलाई विधासुन्दरले अन्तराष्ट्रिय फिल्म सिटी बनाउँने

काठमाडौ महानगरपालिकाका मेयर विधासुन्दर शाक्यले कामनपा १६ बालाजु स्थित बाइस धारा उधान क्षेत्रलाई अन्तराष्ट्रिय फिल्म सिटीको रुपमा अगाडी बढाउँने योजना काठमाडौ महानगरपालीकाले बनाइरहेको बताएका छन् । बालाजु बाइस धारा ल्हुति पुन्ही मेला मुल आयोजक समितिले नयाँ बर्ष२०७६ को अवसर पारेर आज बासइसधारा पार्कमा आयोजना गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा बोल्दै मेयर शाक्यले भने- ‘ऐतिहासिक रुपले परिचत अति रमणिय प्राकृतिक रुपले धनि यस पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म सिटीको रुपमा विकास गर्न सकिन्छ महानगरपालिका त्यसका लागी तयार छ तपाइहरुले पनि साथ दिनुस’ ।

कार्यक्रममा शाक्यले जनताको साथ बिना जनप्रतिनिधिले केहि पनि गर्न नसक्ने भन्दै महानगरको विकासमा हातेमालो गर्न सबैलाई अनुरोध गरे । मेयर शाक्यले काठमाडौको विकासमा नागरिकले देखेको सपनालाई पुरा गरेरै छोडेने प्रतिबद्धता व्यक्त गर्दै कुनै योजना वा सपना छ भने लिखित रुपमा महानगरपालीकामा जानकारी दिन समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार