मेरो विरुद्ध चुनाव लड्ने कष्ट नगरेकै राम्रो : घिमिरे

प्याब्सनको आसन्न महाधिवेनबाट पुन उपमहासचिवकै रुपमा दाबेदारी प्रस्तुत गरेका छन् कुमार घिमिरेले । प्याब्सनको बर्तमान कार्यसमितीमा पनि उपमहासचिव नै रहेका घिमिरेले पुन सोही पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । उनलाई सुरुमा महासचीवको रुपमा हेरिएपनि बर्तमान उपाध्यक्ष इश्वर गुरु महासचिव मा उठ्नुपर्ने अवस्था आएपछि घिमिरे पछि हटेका छन् । आफ्नो उमेदवारीको विषयमा ओटीभी नेपाल सँग कुराकानी गर्दै उनले उपमहासचिवको रुपमा आफुले उत्कृष्ट कार्यसम्पादन गरेको र महत्वपुर्ण काम बाँकीनै रहेकाले आफु सोही पदमा दोहोरीन परेको बताए । आफु सर्वसम्मत हुनेमा विश्वस्त देखिएका उनले कुनै मान्छे सोही पदमा दोहोरिन्छु भन्दा भन्दै अरुले दावी नगर्नुनै उपयुक्त हुने धारणा व्यक्त गरे ।
प्रस्तुत छ उपमहासचिवका प्रत्यासी कुमार घिमिरे सँग ओटीभी नेपालका लागि शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार