सबै प्याब्सनिष्टलाई आग्रग गर्छु ,मत हाल्नु अधि मनलाई सोध्नुहोस् :  गरुङ

प्याब्सनको आगामी महाधिवेनमा बर्तमान उपाध्यक्ष इश्वर गरुङले महासचिवको रुपमा उमेदवारी प्रस्तुत गरेका छन् । प्याब्सन भित्र पुराना सालिन र जिम्मेवार व्यक्तीको परिचय बननएका गरुङले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै महासचिव मा आफुले उमेदवारी दिने तयारी गरेको बताए । महासचिवका प्रत्यासी गरुङले ओटीभी नेपाल सँग कुराकानी गर्दै आफ्नो जित प्याब्सनको आवश्यकता र अपरिहार्यता रहेको जिकिर गरे । कुराकानीकै क्रममा उनले प्याब्सनमा आफ्नो योगदान के हो भन्ने कुरा सबै प्याब्सनिष्टहरुलाई थाहा भएको भन्दै मत दिने बेलामा सबै साथीहरुलाई विनापुर्वाग्रह आफ्नो मनलाई सोध्न आग्रह गरेका छन् । प्याब्सनमा सर्वसम्मत नेतृत्व आजको आवश्यकता रहेको भन्दै उनले यदि सर्वमान्य नेतृत्व चयन हुन्छ भने आफु जस्तो सुकै त्याग गर्न पनि तयार रहेको प्रष्ट पारे ।

प्रस्तुत छ महासचिवका प्रत्यासी गरुङसँग ओटीभी नेपालका लागी शिवशक्ति आचार्यले गरेको भिडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित समाचार