रेशम चौधरी शपथ प्रकरण : गृहमन्त्रीमा उपेन्द्र यादव !

काठमाडौँ – संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीको दबाबलाई अन्ततः स्वीकार गरी निर्वाचनको १४ महिनापछि टीकापुर हत्याकाण्डका प्रमुख अभियुक्त रेशम चौधरीलाई सांसदको शपथ दिलाउन प्रधानमन्त्री केपी ओली सहमत भएपछि आगामी दिनमा मन्त्री परिषदमा मधेसी समूहले थप जिम्मेवारी पाउने संकेत देखा परेको छ ।

रेशम चौधरीलाई बिहीबार सांसदको शपथ दिलाएपछि राजपा तथा फोरमले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनलाई यथावत राख्ने बुझिएको छ ।

रेशम चोधरी झण्डै तीन वर्षअघि टीकापुरमा तत्कालीन एसएसपी लक्ष्मण न्यौपाने लगायत सात प्रहरी तथा एक नाबालकको हत्याकाण्डमा प्रमुख अभियुक्त थिए।  जेलबाटै उनले राजपाको टिकटबाट सांसदको चुनाव लडी विजयी भएका थिए । तर फौजदारी मुद्दामा मुद्दा विचाराधीन रहेकाले उनलाई संसद गठनको १४ महिनासम्म शपथ गराइएको थिएन।

रेशम चौधरीलाई शपथ गराएपछि मन्त्रपरिषदमा केही परिवर्तन गर्ने र हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका फोरम नेता तथा उपप्रधानमन्त्री यादवलाई गृह मन्त्रालय दिइने अड्कलबाजी सत्ता वृत्तमै हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार