बिहानै पाथीभरा माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज मिति २०७५ चैत २२ गते विहिबारको राशिफल

मेषः–अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ । राम्रो सँग कुनै काम हुने छैनन् । व्यापार व्यवसायबाट आम्दानी सोचे जस्तो हुने छैन । अनावस्यक लगानी बढ्नेछ । घरमा अतिथि आउने छन् । आक्षेप लाग्न सक्छ ।

वृषः–व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक अनुकुलता बढ्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । व्यापार बढ्नेछ । भौतिक सुख शान्ति मिल्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

मिथुनः– गरेका काममा सफलता मिल्नेछ । अरु पनि प्रभावित हुने खालका गतिविधि हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । इष्टमित्र साथि भाईबाट सहयोग पाईनेछ ।
कर्कट

कर्कटः– भाग्यले कम साथ दिनेछ । रोकिएका कामले अझै गति लिने छैन । धार्मिक काममा रुची बढ्नेछ । इज्जत प्रतिष्ठा आच आउन सक्छ सर्तक रहनु होला । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंहः– झुट्टा कुराले सताउनेछ । समस्या नै समस्याको भुमरीमा परिने छ । काम गर्न मन लाग्ने छैन । समयले त्यति साथ दिने छैन । मन दुख्ने छ तन सुक्ने छ । दुर्जनहरुले दुःख दिने छन् ।

कन्याः– काममा विलम्ब नगर्नु होला । साझेदार काममा हात नहाल्नु होला । स्वतन्त्रण व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । प्रयत्नबाट नयाँ कार्य योजना अगाडि बढ्ने छन् ।

तुलाः– मन अस्थिर हुनेछ । सामान्य खटाईबाट काम सम्पन्न हुने छैनन,मेहनत पूर्वक गरेका कामबाट लाभान्वित हुनुहुनेछ । आम्दानी बढ्नेछ । विरोधीको बल कमजोर हुनेछ ।

वृश्चिकः– समयमा निर्णय लिन सकिएन भने पछि परिने छ । परिवारको सहयोग लिएर काम गर्नु होला । आवेगमा आएर काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

धनुः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । काम गर्दा विभिन्न हैरानी हुनेछ । पढाई लेखाई तथा व्यापारबाट सन्तुष्टि लिन पाईने छैन । सुख सयलमा मन जानेछ तर कम प्राप्त हुनेछ ।

मकरः–कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । समयमा काम गर्नु होला विलम्ब गर्दा आफैलाई घाट हुनेछ । भाई बन्धुबाट सामान्य सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ ।

कुम्भः– दिन सामान्य देखिन्छ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु आवस्यक छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छ । अरुको पूर्ण भरोसामा काम नगर्नु होला । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

मिनः– उत्तेजना र भावावेगमा आएर काम नगर्नु होला । कामलाई निरन्तरता दिनु होला । कुरा काट्नेहरु सहयोग गर्न आतुर हुने छन् । स्वास्थ्य स्थिति अनुकुल रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार