धर्मको नाममा राजनीति गर्ने कमल थापालाई प्रतिबन्ध लगाउः मुकुन्दे

काठमाडौँ । सामाजिक सञ्जालमार्फत भूत, भविष्य र वर्तमानबारे खरो टिप्पणी तथा विश्लेषण गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले राप्रपा अध्यक्ष कमल थापालाई प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत मुकुन्देले गणतन्त्र हो भने प्रतिगामी तत्वहरुलाई प्रतिबन्ध लगाऊ, धर्मका नाउँमा राजावादीहरुलाई राजनीति गर्न नदेऊ भनेका हुन् ।

विश्वसम्पदा हिन्दुराज्य ग्यारेन्टी गर, मित्रराष्ट्र भारतको १ मात्र चासो सम्बोधन गर, बाहुनको मुद्दा हिन्दुत्व खस्याहा खत्रीहरुलाई नदेऊ, मुकुन्दे अघि लेख्छन्, पवित्र कुशघारीमा मण्डलेहरुको साँढीगाई नचराऊ

यसैबीच, मुकुन्दे उक्त स्टाटससँगै जनआन्दोलन स्मरण गराउने फोटो पनि पोष्ट गरेका छन् ।

हेर्नुहोस् मुकुन्देको स्टाटसः–

 

प्रतिक्रिया

सम्बन्धित समाचार