‘यात्रा’को दोश्रो गीत ‘चट्ट रूमाल क्या मालुम’ रिलिज

‘ए मेरो हजुर-२’ फेम सलिनमान बनियाँ अभिनित दोश्रो सिनेमा ‘यात्रा : अ म्युजिकल भ्गल’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाले ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको गीत पुरानो सुपरहिट सिनेमा ‘आफ्नो मान्छे’मा समाविष्ट गीतको रिमेक हो ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको अहिले पनि उत्तिकै लोकप्रिय छ ।

गीत सार्वजनिक कार्यक्रममा पुराना सर्जकलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो । सम्राट शाक्यको डेब्यू निर्देशन रहेको सिनेमा चैत्र २९ गते रिलिज हुनेछ।

सार्वजनिक गीतलाई गीतकार बाबुराम दाहालले लेखेका हुन्। पुरानो गीतमा शम्भुजित बाँस्कोटले संगीत दिएका थिए भने युगल स्वरमा उनले बारतिय गायिका साधना सरगमसँग सहकार्य गरेका थिए।

रिमेक गीतमा गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर छ।

प्रविन सिंह गीतका कोरियोग्राफर हुन् । गीतमा सलिनमान, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाले नृत्य गरेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् ।

सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार