विप्लवलाई अर्को धक्का, कोशी ब्युरो प्रमुख ‘पुष्कर’ पनि समातिए

काठमाडौं । सरकारको प्रतिबन्ध सँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको बताएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी–मोरङ क्षेत्रबाट दुई जना पक्राउ परेको प्रहरीले बताएको छ । श्रेष्ठ मिरमिरे रेडियोका पूर्व अध्यक्ष समेत हुन् ।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि करिव तीन सय नेता कार्यकर्ता पक्राउ गरिसकेको छ । देशभरबाट नेता कार्यकर्ता पक्राउ गर्ने र राज्य बिप्लवको मुद्दा चलाउने तयारी सरकारले गरिरहेको छ । केही दिन अगाडी मात्रै मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार