विप्लवले हतियार बिसाए वार्ताका लागि सरकार तम्तयारः रक्षामन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले हतियार बिसाए वार्ताका लागि सरकार तयार रहेका बताएका छन् । विराटनगर विमास्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोख्रेलले हतियार बोक्ने, बम पड्काउने कार्य जारी राखेको विप्लवसंग अहिले नै वार्ताको सम्भावना भने नरहेको बताएका हुन् ।

तर, ‘विप्लवले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार छ, रक्षामन्त्री पोख्रेलले भने, मन्त्री पोख्रेलले विप्लव समूहले अराजनीतिक क्रियाकलापलाई नछोडेकाले सरकारले प्रतिबन्ध लगाएको हो ।’

उनले सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न नखोजेको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार