फलानो नेता मार्न भनेर मानिस पठाउनेलाई छूट दिन सकिदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) लाई जसरी भए पनि राजनीतिको मूलधारमा ल्याएरै छाड्ने दाबी गरेका छन् । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवसमूह सहज रुपमा नआए जेलमै बसाएर भएपनि मूलधारमा ल्याउने दाबी गरेका हुन् ।

सहज रुपमा नमाने विप्लवलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने बताए । ‘सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ, होइन भने जेलमा बसेर आउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउँछौ ।’

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै भने, ‘फलाने नेता मार्न भनेर मानिसहरु पठाउनेलाई सहज रुपमा छूट दिन सकिदैन,’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार