सञ्चारमन्त्री बास्कोटाको गर्जनः सरकारको आलोचना गर्नेलाई उठ्नै नसक्नेगरी ठटाए हुन्छ

काठमाडौँ । नेपाल सरकारका प्रवक्त गोकुल बास्कोटाले बैशाख २ गते मंगलबार रुपन्देहीको मणिग्राममा सरकारलाई तथ्य बीना गाली गर्नेलाई उठ्नै नहुने गरी ठटए हुन्छ भन्ने जस्तो वाक्य बोलेका छन् । उनले वोलेका थप वाक्यहरु यस्ता छन् , सडक बनेको नदेख्ने धुलो उडेको मात्र देख्ने ? बच्चा जन्मेको नदेख्ने आमा रगताम्मे भएको मात्र देख्ने ? सरकारले आलोचनाका वीच पनि नवनिर्माणको बाटो लियो ।

पानीजहाज ल्याऔछौ भन्दा हास्नेका अगाडी पानी जहाज आउन थाल्यो । चीनको ग्रेटवाल पनि एकै दिनमा बनेको होइन । कम्युनिष्ट सरकार प्रति धेरै मनोवैज्ञानिक आशंकाहरु उब्जाउन खोजिए । लगानी संमेलनमा समेत प्रेस विभाजित भयो । यो ज्यादै दुखःद हो । बालुवाटारको जग्गा प्रकरणमा ठग्नेहरुलाई पानी मुनि गएपनि छोडिने छैन ।

यसरी सरकारले धेरै काम गरेको बताएका गोकुल वास्कोटाले के के काम गर्यो भनी चित्त बुझदो जवाफ भने दिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार