काभ्रेमा ट्रक पल्टिँदा दुईजनाको मृत्यु, तीनजना घाइते

काभ्रे – मानपुरे डाँडामा शनिबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।

चौरी देउराली गाउँपालिका – ८ मानपुरे डाँडामा ना १ क ९५२४ नम्बरको ट्रक पल्टिदा काभ्रे भुम्लु ६ का ३१ वर्षका सरोज पहरी र त्यहीँ ठाउँका १९ वर्षका सुमन पहरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका तीनजनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार