राष्ट्रपतिलाई प्रश्न सोध्दा जेल

जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।

विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो ।

प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई लुसाकाबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । उहाँलाई अहिले प्रहरी हिरासतमा राखिएको छ, थप विवरण पछि दिदै गरौला, उहाँले भन्नुभयो ।

सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित समाचार