धर्मबारे नेकपाका जिम्मेवार नेताको अभिव्यक्तीले नयाँ तरंग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले माओवादीको जनयुद्धकालमा धर्म निरपेक्षताको एजेण्डा नबोकेको जिकिर गरेका छन् । आज राजधानीमा आयोजीत एक कार्यक्रममा नेता शर्माले धर्मको विषयलाई धेरै गिजोल्न नहुने धारणा व्यक्त गरे उनले भने , “धर्म बोकेर हिँड्दा राम्रो हुँदैन । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ ।” उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए, “त्यतिबेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन ।

१२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपूर्व नै धर्म निरपेक्षता बनाइयो । त्यतिबेला सरकारमा कांग्रेस र तत्कालिन नेकपा एमाले नै थिए । त्यतिबेला त्यो एजेण्डा नै थिएन, कोबाट आयो, कहाँबाटआयो हामीलाई थाहा थिएन । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।”

प्रतिक्रिया

सम्बन्धित समाचार