कस्तो हुनेछ आजको देशभरको मौसम ?यी ठाँउमा चट्टयांग र असिनाको पनि सम्भावना

आज देशको अधिकांश स्थानमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

यसका साथै देशका पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबतास सहित वर्षा (असिना पानी) को सम्भावना रहेको मौसमविदले बताएका छन् ।

विशेष गरी पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको मौसमविदको भनाई छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातकोसम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार राति पनि पश्चिमि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेर पश्चिमी भूभागका धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्टयांग तथा हुरी बताससहित वर्षा र असिना पानीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार