बोडेका बुद्धकृष्णले सातौं पटक जिब्रो छेडे

 

काठमाडौं । चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडाउदै जात्रा सकिएको छ ।

बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उहांको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसिक कार्य गर्ने जात्राको रुपमा लिइन्छ ।

चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार