बरिष्ठ पत्रकार श्रेष्ठको निधन

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ श्रेष्ठको निधन भएको हो ।

उनी करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।

श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार