पौडेललाई बर्खास्तीको माग गर्दै ओली प्रचण्डलाई नेकपाकै युवाको खुल्ला पत्र

बालुवाटार भित्रको ललितनिवासको सरकारी जग्गा भूमाफिया सँगको साँठगाँठमा आप्mनो नाममा पारेको आरोप सहित विवादमा परेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल माथि बर्खास्तिको माग सहित नेकपाकै युवा नेताले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नाममा खुल्ला पत्र लेखेका छन्।

नेकपाका सदस्य हेमबहादुर खड्काले नेकपाका अध्यक्ष द्धय लाई लेखेको खुल्ला पत्र यस्तो छ ।

श्रद्धेय अध्यक्ष ज्यु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
केन्द्रीय कार्यलय, काठमाडौं ।

विषय : महासचिव पौडेललाई बर्खास्त गर्ने बारे ।

महोदय,
पार्टी एकताको ऐतिहासिक क्षणमा म नेपाली नागरिकको बिचबाट असिम आशा, भरोसा विश्वास बोकेर पार्टीको सिद्धान्त र कार्यदिशामा अटुट र अविचलित एक योद्धा भई आएको व्यहोरा सगर्वमा साथ भन्न चाहान्छु ।

राजनैतिक स्थीरता, शुसासन र बिकास ल्याउने सपना मैले म जस्तै धेरै नागरिकलाई बाँडेको थिएँ र निष्पक्ष न्यायपालिका र सक्षम कार्यपालिका निर्माणको प्रक्रियामा मेरो सरकार रहेको वकालत गर्दे आएको थिएँ ।

तर सरकार गठनको समय यतालाई हेर्दा नागरिकमा निरासा, वितृष्णा र घृणा पैदा हुँदै आएको महशुस भएको छ ।
— यातायात सिन्डकेट खारेजीको उठान गरि कार्यन्वयन हुन नसक्नु,
— ३३ किलो सुन पनि हराउनु दोषिहरुपनि तारिखमा छुट्दै जानु,
— निर्मला हत्या प्रकरण सेलाएर सकिनु,
— लअभिि को लाभकर उठाउन नसक्नु, तर कुखुरा समेतमा सर्वसाधरणलाई करको भारी बोकाउनु ।
— बाईडबडी घोटला प्रकरण र भ्रष्टचारको आरोप यतिकै हराउनु ।
— गोपाल खड्का आयलनिगम भ्रष्टचार र कंसकार भ्रष्टहरुलाई त्यतिकै छोड्नु ।
— मेलम्चीको २.२० अर्व भ्रष्टचार ओझेल पर्नु ।
— जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने बहानामा गैर नेपालीलाई नागरिकता वितरण गर्ने प्रपंच रच्ने कार्य हुनु ।

यि जनघाती र राष्ट्रघाती कार्यहरु भएको ठोस गरेको छु ।
पछिल्लो समय सरकारमा रहेको २ तिहाई नजिकको पार्टीको महासचिवले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको नाममा पास गर्नु गलत मात्रै हैन अपराध हो ।

चोरीको सुन किन्ने अपराधी हुने चोरीको जग्गै किन्ने अपराधी नहुने रु अर्थमन्त्री बनिसकेका मान्छे रु यत्रो ठुलो पार्टीको महासचिव ठगीमा परे भनि मिडीयामा बोल्ने संचार मन्त्री बास्कोटाले नैतिक जिम्मेवारी लिनुपर्छ र राजिनामा दिनुपर्छ ।

अन्त्यमा म मेरो पार्टी बाट तत्काल महासचिव पौडेललाई कारवाही गरि बर्खास्त गर्न श्रद्धेय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दहाललाई हार्दिक अनुरोध गर्दछु । क्रान्तीकारी अभिवादन सहित ।

सदस्य
हेम बहादर खड्का
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रतिक्रिया

सम्बन्धित समाचार