दिल्लीको टिममा आज किन अटाएनन् सन्दिप ?

इन्डियन प्रिमियर लिग सिजन १२ को २६औँ खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन। इडेन गार्डेन कोलकातामा भइरहेको खेलमा दिल्ली क्यापिटल्समा रहेका नेपाली खेलाडी सन्दीप लामिछाने भने मैदानमा देखिने छैनन। दिल्लीले सन्दीपलाई प्लेइङ ११ मा पारेको छैन। सन्दीपको ठाउँमा कीमो पउललाई ठाउँ मिलेको छ। सन्दीप पहिलो खेलमा पनि परेका थिएनन्। उनले त्यसपछिका खेलमा राम्रो प्रदर्शन गरेका थिए। आजको पिच फास्ट बलरलाई राम्रो भएकाले दिल्लीले सन्दीपको ठाउँमा वेस्ट इन्डिजका कीमो पउललाई ल्याएको हो। दिल्लीको तर्फबाट एकमात्र परिवर्तन भएको थियो। यता, कोलकाता भने यसअघिकै टीम लिएर मैदानमा उत्रिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार