अल्मोडाको समयलाई दर्शकले मन पराए (हेर्नुहोस् भिडियो)

काठमाडौँ । सांगीतिक क्षेत्रमा पछिल्लो समय जमेका चर्चित कलाकार अल्मोडा राना उप्रेतीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । समय बोलको गीतको भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको हो । अल्मोडाकै युट्युब च्यानलमा अप्लोड गरिएको उक्त गीतको भिडियोलाई दर्शकले निकै मन पराएका छन् । अल्मोडाकै उत्कष्ट शब्द, संगीत र स्वरमा सजिएको समय २४ घण्टामै करिब डेढ लाख पटक हेरिएको छ । उक्त गीतको भिडियोमा कृष्टिना गुरुङ खड्कालाई फिचरिङ् गरिएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई १ लाख ४७ हजार बढी पटक हेरिएको छ भने कमेन्टमार्फत निकै साकारात्मक प्रतिक्रिया आएका छन् । अल्मोडाले जालमा (रेशम फिलिली) , निर (पुरानो डुंगा) , देखन चम्पा (छक्का पन्जा) , पानी पर्यो असीना झर्यो लगायत सुपरहिट गीतमा संगीत एरेन्ज र स्वर समेत दिईसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार