सरिता र कुलेन्द्रको “लाउँछ माया”

काठमाडौँ – चर्चित लोक तथा दोहोरी गायिका सरिता कार्कीको आवाजमा “लाउँछ माया” बोलको गीत बिहीबार सार्वजनिक भएको छ । गीतमा गायिका सरिता कार्कीलाई गायक कुलेन्द्र विश्वकर्माले साथ दिएका छन् ।
गीतमा शब्द संगीत शिव हमालको रहेकोछ भने संगीत एरेन्ज आशिष अविरलले गरेका छन् । प्रकाश भट्टको निर्देशन रहेको यस गीतमा चर्चित मोडल तथा गायक महेन्द्र गौतम र नायिका सुरक्षा पन्तको निकै नै राम्रो अभिनय रहेको छ । गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार