सपनाको सहर !

“उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक”– लक्ष्मिप्रसाद देवकोटा

अंकित पोखरेल/काठमाडौँ । गोर्खाको सामान्य गाँउको सामान्य परिवारमा हुर्केर, बढेर अनि सामान्य गरिब जनताका छोराछोरी अटाउने सामुदायिक विधालयबाट एस एल सि उत्तिर्ण गरेर १७ वर्षको उमेरमा पहिलोपल्ट काठमाण्डौ पस्दा उसको आलो दिमागले त्यति ठुलो सपना बोक्न सकेको थिएन, सायद त्यसताका गाउँतिर पनि सपनाहरुको खडेरि लागेको थियो।

सानैदेखि गाउँ सामाजका समास्याहरुको देखाई र भोगाईहरुबिच हुर्किएको उसको बाल मानसपटलमा एउटा छाप छोडिएको थयो, चित्र कोरिएको थियो। समाजमा विद्यमान समस्या, छुवाछुत, जातिय र वर्गिय भेदभावलाई प्रत्यक्ष रुपमा देख्दै भोग्दै  हुर्केको उसको बाल मन मस्तिस्कमा बिजारोपण भएका बिभिन्न प्रश्न अनि जिज्ञासाहरु लिएर त्यो समयमा औँला उठाउन न उसंग कुनै तुक थियो न त परिवेश नै। तर थियो त एक सपना। हो, त्यहि कुन्ठित सपना बोकेर यथार्थको खोजिमा सहर पसेको एक युवक के गर्दैछ त ?

गाउँबाट सहर पस्दा के पढेर र के बन्ने भन्ने उसको लागि सबैभन्दा ठुलो प्रश्न थियो। सामान्यतया कसैले के बन्ने रहर छ भनि सोध्दा त्यसताकाका सबैको दिने ओठे जवाज डाक्टर, इन्जिनियर नै हुन्थ्यो, जसको अपवाद उ हुन सकेको थिएन। घर, परिवार, आफन्तको र सहपाठिहरुको भिन्न भिन्न मतका बिच उसले मानबिकि अध्ययन गर्ने निर्णय गर्यो, जुन उसको उदेश्यप्राप्तिको मार्ग थियो भन्ने कुरामा उ कच्चै भएपनि दृढ थियो। मानविकि अध्ययनमा होमिएसंगै उसको अध्ययन साहित्य, समाज, राजनिति, ईतिहास र भूगोलप्रति बढि केन्द्रित रह्यो।

उसका पनि सामान्य विद्यार्थीहरु सरहकै सपनाहरु नभएका होइनन्। स्कलरसिपमा अस्ट्रेलिया जाने, आई एन जियो मा नोकरि गर्ने, लोकसेवा पढ्ने या अरु कुनै उच्चस्तरको रोजगार या ब्यवसाय गरेर पारिवारिक जिवन सुखि र खुसि बनाउने। तर अहिले उसका ति सपनाहरुले भुई छोडेका छन्, सिमा नाघेका छन्। आजकल उसका दैनिक हुने संवादमा र कार्यमा क्रान्तिकारि र देशभक्ति भावहरु व्याप्त छन्। उसका लागि सिंहदरबार सपनाको घर भएको। गाउबाट रित्तो झोला, झिनो सपना र उद्धेस्य बोकेर सपनाको सहर काठमाण्डौ पसेको ६ वर्ष पुरा भईसकेछ, अहिले उसका झिना सपनाहरुले भुँई छोडिकेका छन। आँफु र आफ्ना निजि सपनाहरुबाट माथि उठेर उसले अहिले महान सपना देखेको छ। घरबार बिहिन गरिब जनताले भोको पेट र चुहिएको छानाबाट ताराहरु गन्दै गर्दा देख्न नसकेको सपना आज उसले देखेको छ। क, ख सिक्न कलिला नाङ्गा खुट्टा घन्टौँ हिड्नुपर्नै बाध्यता चिर्ने सपना उसले देखेको छ। कर्णालिमा अस्पतालको अभावले तुहिएका शिशुहरुको सपना उसले देखेको छ। महान सहिदहरुको सपना उसले देखेको छ।

राजधानीको बसाईको सुरुमा केहि समयहरु सुरक्षितसंग डेराबाट कलेज र कलेजबाट डेरा गर्नु नै उसको चुनौतिको बिषय रह्यो। हो, त्यो समयमा उसका सपना र सफलताका सुचकहरु साह्रै साना थिए। परिक्षामा राम्रो अंकका साथ उत्तिर्ण हुनु, सहरका गल्लिहरु भुलेर अल्मलिन नपर्नु, कम खर्चले महिना छिचल्नु आदि ईत्यादि। यस्ता समस्याहरु समयले आफै हल गर्दै गयो। त्यतिमात्र होईन, समयले त थप चुनौतिहरु थप्दै गयो, सायद चुनौतिहरु त्यतिबेला सिर्जना हुने रहेछन् जब उद्धेश्यहरु यथार्थको धरातलबाट निकै पर हुन्छन्।

हाई स्कुल पुरा गरेर स्नातकमा सोसल साईन्स (समाज कार्य) अध्ययनका लागि सेन्ट जेभियर्स कलेज माईतिघर पुगेको उसलाई अहिले अर्को सपनाले निद भंङ्ग गरिदिएको छ। माईतिधरमा दिनहूँजसो हुने र्यालि, नारा, प्रर्दशन र जनताका असन्तोसले उसका मन मस्तिस्कमा अनेकौ प्रश्नहरु उब्जाएका छन्। त्यतिमात्र होईन, जनताका ति गर्जन नसुन्ने गरि कानमा तेल हालेर हिँउदे घाममा लट्ठ भई सुतेको त्यो सरकार आसिन सिंहदरबारतिर उसको ध्यान केन्द्रित हुन थालेको छ।

उसका पनि सामान्य विद्यार्थीहरु सरहकै सपनाहरु नभएका होइनन्। स्कलरसिपमा अस्ट्रेलिया जाने, आई एन जियो मा नोकरि गर्ने, लोकसेवा पढ्ने या अरु कुनै उच्चस्तरको रोजगार या ब्यवसाय गरेर पारिवारिक जिवन सुखि र खुसि बनाउने। तर अहिले उसका ति सपनाहरुले भुई छोडेका छन्, सिमा नाघेका छन्। आजकल उसका दैनिक हुने संवादमा र कार्यमा क्रान्तिकारि र देशभक्ति भावहरु व्याप्त छन्। उसका लागि सिंहदरबार सपनाको घर भएको। गाउबाट रित्तो झोला, झिनो सपना र उद्धेस्य बोकेर सपनाको सहर काठमाण्डौ पसेको ६ वर्ष पुरा भईसकेछ, अहिले उसका झिना सपनाहरुले भुँई छोडिकेका छन। आँफु र आफ्ना निजि सपनाहरुबाट माथि उठेर उसले अहिले महान सपना देखेको छ। घरबार बिहिन गरिब जनताले भोको पेट र चुहिएको छानाबाट ताराहरु गन्दै गर्दा देख्न नसकेको सपना आज उसले देखेको छ। क, ख सिक्न कलिला नाङ्गा खुट्टा घन्टौँ हिड्नुपर्नै बाध्यता चिर्ने सपना उसले देखेको छ। कर्णालिमा अस्पतालको अभावले तुहिएका शिशुहरुको सपना उसले देखेको छ। महान सहिदहरुको सपना उसले देखेको छ।

झिना सपनाका पोका र कुन्ठित रहरहरु पुरा गर्न सहर पसेको उ समयको रफ्तारसंगै अगडि बढ्दै गर्दा हिजो भन्दा आज र आज भन्दा भोलि उसका सपनाका पोकाहरु र रहरका झोलाहरु यति ठुला र भारि भएकि उसका सहयात्रिहरु उसलाई देखेर गलेका छन्, थाकेका छन्। हिजो आफ्नो लागि सपना देख्ने त्यो मस्तिष्कले आज समाजको र देशको लागि सपना देख्न थालेको छ, आज उसको निन्द्रा भङ्ग भएको छ। निश्चय नै आज उ चन्द्रमा देख्न सफल भएको छ, ति सपनाहरुको, ति उद्धेश्यहरुको, कुनै दिन अवश्य चुम्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार