केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली पुसमा नेपाल आउँदै

काठमाडौँ–  प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरिएकाे केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न पुसमा चिनियाँ टोली नेपाल आउने भएको छ।

नेपाल र चीनको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउने भएको हो।

प्रारम्भिक रिपोर्ट आएको तीन महिना बितिसक्दा पनि उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा दुई देशबीच छलफल भएको छैन।

प्रारम्भिक रिपोर्टअनुसार केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च र ९ वर्ष समय लाग्ने देखिएको छ।

कुल लम्बाई ७२.२५ किलोमिटर हुने अनुमान गरिएको केरुङ-काठमाडौं रेलमार्ग विकट क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले भन्डै ९९ प्रतिशत भूभागमा सुरुङ वा पुल बनाउनु पर्नेछ।

चीनतर्फ निर्माण भइरहेको ल्हासा-सिगात्से रेलमार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने योजना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार