यस्तो रह्यो मेगा क्यापिटल मार्केट्सको औपचारिक उद्घाटन( फोटो फिचर)

मेगा बैक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केट्सको औपाचारिक शुभारम्भ भएको छ ।शुक्रबार साँझ होटल एलो प्यागोडामा भएको विशेष समारोश बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे ।

कार्यक्रमका प्रमख अतिथि समेत रहेका धितोपत्र बोर्डका अध्यक्ष कार्की मगा क्यापीटल मार्केट्सले मर्चेन्ट बैंकिङको क्षेत्रमा नयाँ आयाम कोर्ने विश्वास व्यक्त गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै मेगा क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले ग्राहकवर्गहरुको सुविधा र लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गरिने मेगा क्यापिटल मार्केट्स लिमिटेडका सिइओ सुदयकान्त झाले बताए ।

मेगा क्यापिटल मार्केटस् लिमिटेडले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार