साञ्जेल र रसुवागढीमा तपाइलाई सेयर पर्छ कि पर्दैन ? यस्तो छ हिसाबकिताव

साञ्जेन जलविद्युत कम्पनीको आइपीओमा देशभरबाट ३ लाख ४ हजार ६९ जनाको आदेदन परेको छ । आवेदकबाट १ करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग भएको छ । यो भनेको मागको तुलनामा २।८४ गुणाले बढी हो ।

साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेका थियो ।

यस्तै, रसुवागढीको आइपीओमा ३ लाख ७ हजार ७५ जनाले १ करोड ७६ लाख ५ हजार २१० कित्ता खरीदका लागि आवेदन दिएका छन् । यो भनेको मागको तुलनामा १।८९ गुणा बढी हो ।

यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गरेको थियो ।

साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले शुक्रबार ९बैशाख ६ गते० देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका थिए ।

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।

यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार