यस कारण यस बर्ष विशेष रह्यो ह्यापी किड्सको अभिभावक दिवस (फोटो फिचर )

काठमाडौको मन्डिखाटार एकताबस्तीमा अबस्थित ह्याप्पी किड्स मन्टेस्वरी होमको  सातौ अभिभावक दिवस सम्पन्न भएको छ , शनिबार धम्बाराही स्थित सुर्य क्याटेरिङमा विशेष समारोह विच सम्पन्न कार्यक्रममा ह्यापी किड्सले , सहित तथा आफना युकेजीमा अध्यनरत १९ जना बिध्यार्थीहरुलाइ दिक्षीत समेत गरेको थियो । पि .जी देखि युकेजी सम्म अध्ययन गर्ने विधार्थी ,तिनका अभिभावक लगायत अन्य शुभचिन्तक हरुको बाक्लो उपस्थितीमा सम्पन्न कार्यक्रममा साना साना विधार्थीहरुले बिभिन्न सान्स्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । हेरेक बर्ष केहि न केहि नयाँ कार्यक्रम दिँदै आएको उक्त स्कुलले यस वर्ष एउटा अत्यन्तै नौलो कार्यक्रम असल छिमेकी सम्मान कार्यक्रम आयोजना गरेको थियो। जसमा आफ्नो विधालय नजिकै रहेका १५ परिवार छेमेकीलाइ असल छिमेकी सम्मान २०७५ ले सम्मान गरेको ह्याप्पी किड्सका प्रिन्सिपल कृष्ण कुमार बोहराले जानकारी दिनुभयो। साना विधार्थीहरुको लोभ लाग्दो प्रस्तुती , कार्यक्रमको चुस्त व्यबस्थापन, सहभागी संख्या र अभिभावकको उत्साहले ह्यापी किड्सको यस बर्षको अभिभावक दिवस अझ बिशेष बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार