गणतन्त्र दिवसका दिन प्याब्सकले वक्तृत्वकला गर्ने

गणतन्त्र दिवसको अवसर पारेर निजी विधालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

जेठ १५ गते चाबहिलमा रहेको भि.एस. कलेजमा गरिने उक्त वक्तृत्वकला प्रतियोगितामा छात्र र छात्रा दुवैको प्रतियोगिता रहने छ ।
‘संघीय गणतन्त्र नेपाल र अबको बाटो’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिनेछ । जसमा एउटा विद्यालयबाट १ छात्र र १ छात्राले सहभागी हुन पाउने छन् ।
विजयी विद्यार्थीलाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिने प्याब्सका महासचिव गेन्द्र लामाले ओटीभी नेपाललाई जानकारी दिनुभयो । ।

प्रतिक्रिया

सम्बन्धित समाचार