आइतवार काठमाडौका निजी विद्यालय बन्द!

निजी विधालयहरुको छाता सँगठन एन प्याब्सन काठमाडौँका सहसचिव , एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते  आइतवार काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएको छ ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपील गरेका छन् ।

प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विधालय बन्द गर्ने जानकारी गराउँनु भएको छ ।

लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा विहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । बे्रन ह्यामरेजको अपरेशसन असफल भएपछि उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

को हुन् बालकुमार गुरुङ ?

तेह्रथुम जिल्लाको आठराईमा २०३५ साल माघ २० गते जन्मनु भएका गुरुङ शिक्षा र राजनिति क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । सानै उमेर देखि साहित्य , संगित र राजनितिमा चासो राख्ने उहाँले राजनिती र शिक्षा दुवै क्षेत्रमा राम्रो स्थान बनाउँनु भएको छ । उहाँ हाल विद्यावाराधीको समेत तयारी गर्दैहुनुहुन्थ्यो भने जनसंख्या र समाजशास्त्र विषयमा उहाँले मास्टर डिग्री गर्नु भएको छ । लामो शैक्षिक अनुभव बटुल्नु भएका गुरुङ पुष्पलाल मेमोरियल कलेज चावहिलका संचालक अध्यापक , कान्तिपुर एकेडेमी हाइस्कुल बौद्ध पिपलबोटका प्रिन्सिपल , निजी विद्यालयहरुको छातासंगठन एन प्याब्सन काठमाडौका सहसचिव तथा एन प्याब्सन गोकेर्णेश्वर नगर एन प्याब्सन कमिटीको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
सानै उमेरमा नेविसंघ तेह्रथुमको अध्यक्ष समेत भेसक्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार