अरुणज्योतिको गुरु पूर्णिमा विशेष तथा एसइई सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँको जोरपाटीमा रहेको अरुणज्योति विद्या मन्दिरले गुरुपूर्णिमा विशेष कार्यक्रम तथा एसइई २०७५ का विद्यार्थीहरुलाई बधाइ एवं सम्मान कार्यक्रम सम्मन्न गरेको छ ।

जोरपाटीमा रहेर विगत लामो समय देखि एसइईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको अरुणज्योति विद्या मन्दिरले आफ्नो पुरानो इतिहासलाई कायम राख्दै यस बर्ष पनि एसईइमा उत्कृष्ट नतिजा हात पारेको थियो । एसईइ बधाइ एवं सम्मान र गुरुपुर्णिमा विशेष कार्यक्रमलाई अरुणज्योतिले एकै मेसोमा सम्पन्न गरेको छ ।

श्रावण ४ गते शनिवार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्याव्सनका केन्द्रिय महासचिव कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो विद्यालयका प्रिन्सिपल छेवाङ छेदर भुटियाको सभापतीत्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा एसइई २०७५ मा अरुणज्योतिबाट सहभागी विद्यार्थीहरुलाई बधाइ सहित सम्मान गरिएको थियो । २०७५को एसइईमा ३।८५ जिपीए ल्याउने संयोग लामिछानेलाई विशेष सम्मान गरिएको थियो भने बर्षकै अनुशासित विद्यार्थीको रुपमा आशिष सापकोटा र उदिप तामाङलाई सम्मान गरिएको थियो ।

विद्यर्थीहरुको गायन , नृत्य सहितको साँस्कृतिक प्रस्तुतीले कार्यक्रमको रौनकतामा थप मलजल गरेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रिय महासचिव कुमार घिमिरेले अरुणज्योति विद्या मन्दिरले जोरपाटी भेगमा निकै गणस्तरीय र समय सापेक्ष शिक्षा दिइरहेको र आगामी दिनमा पनि यसलाई कायम राख्दै थप सफलताको लागी शुभकामना दिनु भयो ।

विद्यालयका प्रिन्सिपलन छेवाङ छेदर भुटियाले गुणस्तरीय शिक्षामा अरुणज्योतिले कुनै सम्झौता नगर्ने बताउँदै आफुहरुले विद्यार्थीको प्रगती सर्टिफिकेटमा मात्रै नहेर्ने व्यवहारमा पनि हेर्ने बताउँनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार