यस्तो रह्यो प्राक्सिसको एसइई बधाई एवं विदाइ कार्यक्रम (फोटो फिचर)

 

चावहिल चुच्चेपाटी स्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसइई विदाई तथा बधाइ कार्यक्रम सम्मपन्न गरेको छ । शुक्रवार चावहिल स्थित ए वान पार्टी प्यालेसमा एक विशेष कार्यक्रमको आयोजना गरि २०७५ सालको एसइई परिक्षामा सामेल भई उत्कृष्ट नतिजा सहित प्राक्सिस बाट विदा हुँदै गरेका विधार्थीहरुको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो।

नेशनल प्याब्सन केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा काठमाडौ महानगरपलिका वडा न ७ का अध्यक्ष शुद्धकुमार डंगोल, नेशनल प्याव्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली लगायत विभिन्न विधालयका प्रिन्सिपल  लगायत अन्य व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहको थियो ।

विधार्थीहरुको विविध मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको थप रौनकता प्रस्तुत गरेको थियो । मनोरञ्जनात्मक प्रस्तुतीहरुको बाहुल्यता रहेको कार्यक्रममा विधार्थीहरुले गायन, नृत्य जस्ता विद्याहरुमा उत्कृष्ट प्रस्तुती दिएका थिए । कार्यक्रमको मुख्य आकर्षण बनेको एसइई डान्स च्याम्पीयनसिप सिजन २ का टप १० पा पर्न सफल विजेताहरुको बेजोड प्रस्तुतीले सहभागीको मन जितको थियो भने अर्को आकर्षणको रुपमा रहेको नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको डान्स रियालिटि सो छमछमिको टप १२ मा पुगिसकेका नेशन मगर सहितको टिमको प्रस्तुतीेले पनि कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाले प्राक्सिसको सामान्य भनिएको कार्यक्रम त यस्तो छ भने भने ठुलो कार्यक्रम कस्तो होला भन्दै प्रश्न गर्नुभयो । उहाँले एसइई दिएर थप उच्च शिक्षाका लागी पाइला बढाएका विधार्थीहरुलाई सम्बोधन गर्दै अबको पढाईले भने साँच्चैको जीवनको गन्तव्य तय गर्न सुरु हुने भन्दै अध्ययनलाई विशेष महत्व दिन विधार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले प्राक्सिस स्कुलले जग राम्रो बनाइदिएको र अब घर पनि राम्रो बनाउँन सफलता मिलोस् भनि विधार्थीहरुलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा २०७५ सालको एसइई परिक्षामा उर्तीण विधार्थीहरुलाई दिक्षित गर्दै बधाई र विदाइ गरिएको थियो भने उनिहरुका अभिभावकलाई पनि विशेष सम्मान गरिइएको थियो ।

 

कार्यक्रम पश्चात ओटीभी नेपाल सँग कुराकानी गर्दै प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल गेन्द्र लामाले प्राक्सिले विधार्थीलाई उत्कृष्ट सर्टिफिकेट मात्रै होइन जीवन जीउने फर्मुला पनि दिएर विदा गरेको बताउँनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार