एनप्याब्सन काठमाडौँको ‘मौलिक लोकनृत्य प्रतियोगीता’ भदौ १०मा

निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष गर्दै आएको मौलिक लोकनृत्य प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिने भएको छ । ‘एन प्याब्सन जिल्लाव्यापी अन्तरविधालय लोकनृत्य प्रतियोगिता २०७६’ नाम दिइएको प्रतियोगिता भदौ १० गते मंगलवार कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्वठानको मेगा हलमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेशनल प्याब्सन काठमाडौँमा आबद्ध विधालयहरुले सहभागीता जनाउँन सक्नेछन् । मौलीक लोकनृत्य प्रतियोगिता भएका कारण नेपाली लोककला ,संस्कृती र रितिरिवाज झल्कने खालका मौलिक नृत्यहरुमात्र प्रस्तुत गर्न पाइने छ भने नेशनल प्याव्सन काठमाडौमा आवद्ध सदस्य विधालयहरुका कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत विधार्थीहरुले कम्तीमा ८ देखि बढिमा २४ जना सम्मको समुहमा प्रतियोगितामा सहभागती जनाउँन सक्नेछन् ।

प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुनेलाई क्रमश नगद १५हजार, १० हजार र ५ हजार सहित टफी र प्रमाण पत्र प्रदान गरिने छ । अहिले कार्यक्रमको भव्य तयारी भइरहेको र सदस्य विधालयहरुको उत्साहजनक सहभागीता भइरहेको कार्यक्रम संयोजक एवं नेशनल प्याव्सन काठमाडौँका संचार विभाग प्रमुख गेन्द्र लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार