अपेन बुढानिलकण्ठले शनिवार दशैँ महोत्सव गर्दै

एशोसियशन अफ प्री-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठको आयोजनामा २१ ओटा विभिन्न मन्टेसोरी तथा प्री-स्कुलको सहभागितामा अपेन फन कार्निभल किड्स दशैँ महोत्सव आयोजना हुने भएको छ।

यहि असोज ४ गते शनिबार हुने किड्स फन दशैँ महत्सव २०७६ आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

मनोरञ्जनका साथै विभिन्न दसैँ सपिंग स्टल समेत राखिने आयोजकले बताएका छन् ।
महोत्सवमा रमाइला खेलहरु ,फुड स्टल , म्युजिकल प्रोगाम लगायत विभिन्न कलात्मक प्रस्तुतिहरु रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार